आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६ सेप्टेम्बर २० तारिख। भाद्र शुक्ल पक्षको नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। खर्चालु दिन छ । जोगाउने प्रयास गर्नुहोला । राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्धुसँग भने सचेत भएर काम गर्नुहोला।

मिथुन : दिन राम्रो छ। दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कर्कट : जोगिएर काम गर्नुपर्ने दिन छ । थोरै बोल्नुहोला, धेरै  बोल्नाले बन्न लागेको काममा अवरोध आउनेछ । आज गोपनीयता कायम गर्नु फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। पारिवारिक मनमुटाव हुनेछ । विरोधीसँग सचेत भएर काम गर्नु पर्ने छ ।

तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । तपाईंको प्रशंसा गर्ने थपिनेछन्। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ।  परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

कुम्भ : दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

मीन : शुभ दिन छ। सहयोगी साथी बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : १५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह