प्रदेश १ मा थपिए १३४ कोरोना संक्रमित « Khabarhub

प्रदेश १ मा थपिए १३४ कोरोना संक्रमित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ मा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ। मन्त्रालयका अनुसार बिहीवार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना कोरोना संक्रमित भएका छन्।

त्यस्तै, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको भद्रपुर र विर्तामोडमा ८/८, मेचीनगर र कनकाईमा ३/३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा पनि बिहीवार नै कोरोना संक्रमण पुष्टि भएको छ। तेथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ७० जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा हालसम्म १० हजार १७९ जना कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : २३ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर