मुम्बई इन्डियन्स आइपीलको प्ले अफमा « Khabarhub

मुम्बई इन्डियन्स आइपीलको प्ले अफमा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता मुम्बई इन्डियन्स यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो ।

मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।

चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब  तीन टिमले प्ले अफमा स्थान बनाउने छन् । जसका लागि ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । दुबै टिम प्ले अफको मुख्य दाबेदार टिम हुन् ।

यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौको कोलकाताको समेत सम्भावना रहेको छ । पन्जाब र कोलकाताले १२ खेलमा समान १२/१२ अंक जोडेका छ ।

सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् । चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ३७ बजे

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी