विकिलिक्सका संस्थापक असान्जमाथि जासुसीको आरोप « Khabarhub

विकिलिक्सका संस्थापक असान्जमाथि जासुसीको आरोप


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले विकिलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित आफ्नो राजदूतावासमा बसेर जासुसीको प्रयास गरेको आरोप लगाउँदै उनको शरण फिर्ता लिइएको स्पष्ट पारेका छन् ।

बेलायतको द गार्जियन अखबारलाई दिएको अन्तरवार्ताका क्रममा मोरेनोले असान्जले बेलायतको राजधानी लण्डनमा रहेको आफ्नो मुलुकको दूतावासबाट जासुसी गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

आफ्ना गोप्य दस्तावेज सार्वजनिक गरेको बदला लिन उनले असान्जको शरण फिर्ता लिएको भन्ने आरोप पनि अस्वीकार गरेका छन् । यसअघि विकिलिक्सले मोरेनोसँग सम्बन्धित दस्तावेजहरु सार्वजनिक गरेका थिए ।

यसैको बदला लिनका लागि इक्वेडोरका राष्ट्रपति निर्वाचित भएमा मोरेनोले असान्जको शरण फिर्ता लिने र प्रहरीलाई दूतावासभित्र प्रवेश दिएर असान्जलाई पक्राउ गर्न अनुमति दिनसक्ने आशंका उत्पन्न हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इमेलमार्फत् द गार्जियनलाई दिएको भनिएको अन्तरवार्तामा मोरेनोले असान्जले आफ्नो दूतावासको प्रयोग गरी विश्वका विभिन्न मुलुकमा प्रजातन्त्रलाई असर पार्ने काम गरेकोमा पश्चाताप लागिरहेको टिप्पणी समेत गरेका छन् ।

गोप्य सरकारी दस्तावेजहरु सार्वजनिक गरेर तहल्का मच्चाएको विकिलिक्स नामक वेबसाइटका संस्थापक असान्जलाई गत साता प्रहरीले लण्डनस्थित इक्वेडोरको दूतावासबाटछ पक्राउ गरेको थियो ।

अमेरिकामा उनीमाथि गोप्य दस्तावेज सार्वजनिक गरेको विषयमा विभिन्न अभियोग लागेका छन् । असान्जका समर्थकहरुले भने उनलाई अमेरिका सुपुर्दगी गरिनसक्ने र त्यहाँ उनीमाथि शारीरिक तथा मानसिक यातना दिइनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले