संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट « Khabarhub

संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा प्रदर्शन गरिने भएको छ ।

बाल यौन शोषणमाथि आधारित यो लघु चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ ।

कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुने निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट हुँदा एकदम खुशी छु,’ उनले भनिन् । उनले आफूले उठान गरेको विषय संसारभर पुग्ने भन्दै खुशी व्यक्त गरिन् ।

यो लघु चलचित्रमा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा समेटिएको छ । आइसक्रिम’ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ ।

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपि पहिलो स्क्रिनिङ भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।

नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ सञ्चारकर्मी समेत हुन् । उनले एक फिचर फिल्म ‘कथा काठमाण्डु’ को निर्देशन गरिसकेकी छिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : १६ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई