चाडपर्वका नाममा सडकमै व्यापार | Khabarhub Khabarhub

चाडपर्वका नाममा सडकमै व्यापार


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री सडकखण्डका सडककै दुवैतर्फ फलफूल तरकारी र बच्चाका खेलौना राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए ।

चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भीडभाड अनि आपराधिक गतिविधि हुनसक्ने आशङ्का रहे पनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरी प्रमुख दोङले बताए ।

अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला, सडकपेटीमा पसल सञ्चालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदलयात्रा गर्नसमेत कठिनाइ भएको पैदलयात्री महेन्द्र महतोले बताए ।

लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत सडकपेटीका पसलेहरू, रिक्सावालाले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । नगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताए ।

उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : १८ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम