साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति « Khabarhub

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।

भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत साता साउदी अरेबियाले जारी गरेको २० रियालको नोटमा विश्वको नाक्सा छापिएको छ । उक्त नक्सामा जम्मु–कश्मीर र लद्दाखलाई भारतको हिस्साको रुपमा देखाइएको छैन ।

साउदी अरेबियासँगको यो विषयमा तत्काल सुधारात्मक कदम उठाउन आग्रह गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिए । उनले केन्द्रशासित राज्य जम्मु–कश्मीर र लद्दाख भारतको अभिन्न अंग रहेको बताए ।

साउदी अरेबियाले जी–२० समुहको अध्यक्षतालाई संकेत गर्न नयाँ नोट जारी गरेको हो ।

अनुराग श्रीवास्तवले साप्ताहिक प्रेस कन्फ्रेन्समा भने, ‘हामीले बैंक नोट हेरेका छौँ, जसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गरेको छ ।’ साउदीले गत अक्टोबर २४ मा आफ्नो यो नोट सार्वजनिक गरेको हो । बीबीसीबाट

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ५९ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले