विदेश छाडेर गाई पाल्छन् युवा « Khabarhub

विदेश छाडेर गाई पाल्छन् युवा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन् ।

ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर बोक्छन् र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्छन् । उनको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ ।

बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उनको दैनिकी हो । उनले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताए । त्यहाँ तरकारी बारीको काम थियो ।

गाडीमा तरकारी राख्ने र झार्ने काम हुन्थ्यो । सानोतिनो कमाइ, लामो समयसम्म प्रगति नभएपछि उनी घर फर्किए । अहिले उनीले गाउँमै गाई पाल्न थाले । गोठमा बाँधेका तीनवटा गाई र एउटा भैँसीले दिने दूधले आम्दानी राम्रै भएको छ । त्यसैले त उनी हरेक दिन दगुर्छन ।

उन मात्रै होइन उनको अघिपछि दूध बोकेर सङ्कलन केन्द्र पुग्नेको लस्कर हुन्छ । घरमा फुर्सदिला व्यक्ति भएका कसैले घरको काम गर्छन्, कोही दूध बोकेर सङ्कलन केन्द्र पुग्छन् भने घरमा थोरै जहान भएका विशेष गरी महिला स–साना बच्चालाई घरमै सुताएरै भए पनि आफ्ना घरको दूध सङ्कलन केन्द्र पुर्‍याउँछन् ।

कुश्मीशेरामा विदेशबाट फर्किएर गाईभैँसी पाल्न थालेका धेरै युवा छन् । गुरुदत्त आचार्य, दिनानाथ आचार्य, लक्षमण पौडेल, विकास पौडेल, चक्रपाणि शर्मालगायतका युवा उदाहरण मात्रै हुन् ।

यहाँका वैदेशिक रोजगारी गएका युवाका परिवारले पनि राम्रो दूध उत्पादन गर्छन् । उनीहरुको विदेशबाट आउने जत्तिकै कमाइ घरमा पनि छ ।

यहाँका विदेश गएर फर्किएका युवाको सक्रियतामा कुश्मीशेरामा दैनिक ७०० लिटर दूध उत्पादन हुन्छ । गाउँमै भएका शिक्षक, कर्मचारी, र केही कृषि तथा पशुका प्राविधिकको सक्रियताले उनीहरुलाई साथ दिएको छ । कुश्मीशेरामा दूधको उत्पादन गर्ने मात्रै दुई वटा सहकारी संस्था छन् । सबैजना त्यही सहकारीमा आवद्ध छन् ।

केही वर्ष पहिले स्थापना भएको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्थाले नियमित दूधको सङ्कलन र बिक्री गर्दै आएको छ । जहाँ गाउँका अधिकांश किसानको शेयर छ ।

पछिल्लो एक वर्ष पहिले विदेशबाट फर्किएका युवाको धेरै सहभागिता रहेको जैमिनी दुग्ध उत्पादक सहकारी खुलेको छ । दुबै सहकारीले हरेक दिन ७०० लिटर दूध सङ्कलन गर्छन् ।

गाईभैँसी पालनमा लागेका युवालाई कसैसँग गफिएर बस्ने फुर्सद छैन् । दिनभर गोठमा रहेका गाईभैँसीको दानापानी र बिहान बेलुका दूध पुर्‍याउन पुग्नुपर्ने बाध्यता छ । उनीहरु त्यहीबाट आउने कमाइले सन्तुष्ट छन् ।

“विदेशमा हुँदा साहुले कहिले दिन्छ र घर पठाउने भने कुर्नु पर्दथ्यो, अहिले आफ्नो हिसाब आफैसँग छ”, किसान विकास पौडेल भने, “दिनभर खुवाउने दाना र घाँसले २४ घण्टाको आम्दानीको हिसाब आउँछ ।”

विदेशमा कमाएको भन्दा गाईपालेर कमाएको कमाइको माया लाग्छ रे उनीहरुलाई ।

“दुःख छ तर कमाइ हुँदा मनै आनन्दित हुन्छ, खर्च कटाउदा बचेको आफ्नै हो जस्तो लाग्छ”, किसान गुरुदत्त भने, “घरमा जहानको साथ, बेला मौकाका पर्व र चिसो पानी, यही हो आनन्द, अव विदेशको नाम पनि लिन्न ।”

यहाँ उत्पादन भएको दूध पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङ बजारलगायतका ठाउँमा बिक्री हुन्छ । किसानले एक लिटर गाईको दूधको ५८ रुपैयाँ देखि ६५ रुपैयाँसम्म गुणस्तरको आधारमा पाउँछन् । सहकारीले भने बजारमा ८० देखि ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

“सहकारीमा खर्च कटाएर रहेको रकम पनि कहाँ जान्छ र हाम्रै हो, शेयर हामी किसानकै छ”, सहकारीका अध्यक्ष टीकाराम पौडेलले भने, “जम्मा भएको रकम वर्षदिनमा हिसाब गरेर दूध बिक्री गरेको आधारमा शेयर सदस्यलाई नै जान्छ ।”

मेहनत गर्ने यहाँका युवाले महिनामा ४० देखि ८० हजार रुपैयाँसम्मको दूध बिक्री गर्ने गरेका छन् । घरखर्च कटाएर राम्रो आम्दानी दूधमा देखेपछि विदेशबाट फर्किएका युवा गाईभैँसी पालनमा आकर्षित भएको स्थानीय शिक्षक टेकनारायण आचार्य बताउँछन् ।

युवाहरुले गाईभैँसीपालनका अतिरित्त तरकारीखेती, कुखुरापालन र केराखेती समेत गर्दै आएका छन् भने आधुनिक प्लाष्टिक घरमा तरकारी र गोलभेँडासमेत फलाएर बिक्री गर्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : २६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा