म्याग्दीको बेनीमा एक साताका लागि निषेधाज्ञा « Khabarhub

म्याग्दीको बेनीमा एक साताका लागि निषेधाज्ञा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- बेनी नगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।

लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले आजबाट कात्तिक २१ गते १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो ।

बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

औषधिबाहेकका पसल खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ ।

निषेधाज्ञाको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् ।

सदरमुकाम अवस्थित बेनी नगरपालिका–७, ८ र ९ मा शुक्रबार क्रमश वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य भएका उनीहरु स्थानीय र होम आइसोलेशनमा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै