कोरोना महामारीको सामना गर्न ईयूले नयाँ रणनीति अपनाउँदै « Khabarhub

कोरोना महामारीको सामना गर्न ईयूले नयाँ रणनीति अपनाउँदै


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने भएको छ ।

ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो ।

कोभिड–१९ को संक्रमण दर ईयूमा द्रुत वृद्धि भएको र दोस्रो लहरबाट इर्यू गहिरोसँग प्रभावित भएको बताइएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भने, “नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दैछ । अस्पताल भर्नाको सङ्ख्या बढ्दो छ । मृत्युको सङ्ख्या बढ्दो छ । यदि हामीले तुरुन्तै कदम चालेनौं भने हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू विचलित हुनेछ ।”

ईयूका २७ सदस्य देशका नेताहरूले बिहीबार ढिलो गरी सहमति व्यक्त गर्दै भने, “परीक्षण र ट्रेसिङ्ग भाइरसको फैलावटलाई सिमित गर्न महत्वपूर्ण छ । यसले अवस्थालाई अझ राम्रोसँग नियन्त्रण गर्न मद्दत पु¥याउँछ तर आपसी मान्यता, तैनादी र द्रुत परीक्षणको प्रयोगको साझा दृष्टिकोण अझै बाँकी छ ।”

यूरोपियन आयोगले द्रुत ‘एन्टिजेन’ परीक्षणलाई व्यापक रूपमा प्रयोग हुने ‘पोलिमरेज चेन’ प्रतिक्रिया परीक्षणको पूरकको रूपमा मान्य गर्न प्रस्ताव गरेको छ ।

ईयू सदस्य राष्ट्रमध्ये एक स्लोभाकियाले १० वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैको निःशुल्क एन्टिजेन परीक्षणको लागि एक करोड ३० लाख द्रुत एन्टिजेन टेस्टको लागि व्यवस्था गरेको छ ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्लस मिशेलका अनुसार स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकले विशाल परीक्षणको नतिजा र तथ्याङ्क अन्य सदस्य राष्ट्रहरूसँग बाँड्न सहमत  भएका छन् ।

“वास्तवमा धेरै देशहरूमा द्रुत परीक्षणको लागि चासो बढेको छ,” मिशेलले भने ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : १५ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम