जब सातौं पटक पनि जिब्रो छेडे बुद्धकृष्णले « Khabarhub

जब सातौं पटक पनि जिब्रो छेडे बुद्धकृष्णले


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा मनाइने सिन्धुर जात्राका दिन भक्तपुरकै बोडेमा एक विशेष प्रकारको जात्रा मनाइँछ । जुन जात्रालार्य पछिल्लो सयम भक्तपुरवासीले मात्र होइन अन्यत्र जिल्लाका मानिसहरुले पनि चासोपूर्वक लिने गरेका छन् । त्यो जात्रा हो–जिब्रो छेड्ने ।

जात्राको एउटै समस्या भनेको जिब्रो कस्ले छेड्ने भन्ने हो । स्थानीय बुद्धकृष्णले यो पटक गरेर सातौं पटक जिब्रो छेडेका छन् । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् । बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले जिब्रो छेडिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा पनि सम्पन्न हुन्छ ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाग श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उनले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष दोहोर्‍याएका हुन् । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : २७ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज