साउथ अभिनेत्री काजल अग्रवालले गरिन् बिहे « Khabarhub

साउथ अभिनेत्री काजल अग्रवालले गरिन् बिहे


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

यी दुईले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् । कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् ।

परिवार र नजिकका साथीहरू मात्र विवाहमा उपस्थित भएका थिए । काजल र गौतमको पहिलो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने यो जोडीलाई फ्यानले बधाई दिएका छन् ।

यसअघि बिहीवार काजलले मेहन्दी सेरेमनीका केही तस्वीर शेयर गरेकी थिइन् । जसमा काजल नृत्य गर्दै रमाइलो गरिरहेकी थिइन् ।

काजलले आफूले बिहे गर्न लागेको खबर ६ अक्टोबरमा सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत बिहेको तयारीका तस्वीरहरु पनि शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ४६ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६