साउथ अभिनेत्री काजल अग्रवालले गरिन् बिहे « Khabarhub

साउथ अभिनेत्री काजल अग्रवालले गरिन् बिहे


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

यी दुईले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् । कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् ।

परिवार र नजिकका साथीहरू मात्र विवाहमा उपस्थित भएका थिए । काजल र गौतमको पहिलो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने यो जोडीलाई फ्यानले बधाई दिएका छन् ।

यसअघि बिहीवार काजलले मेहन्दी सेरेमनीका केही तस्वीर शेयर गरेकी थिइन् । जसमा काजल नृत्य गर्दै रमाइलो गरिरहेकी थिइन् ।

काजलले आफूले बिहे गर्न लागेको खबर ६ अक्टोबरमा सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत बिहेको तयारीका तस्वीरहरु पनि शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ४६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार