मोरङमा थप ६ कोरोना संक्रमितको मृत्यु « Khabarhub

मोरङमा थप ६ कोरोना संक्रमितको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए । विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताए । प्रदेश नं १ मा अहिलेसम्म कोरोना सङ््क्रमणबाट १९२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : २३ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी