बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा | Khabarhub Khabarhub

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन्।

लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ  कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ५३ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र