मोरङको केराबारीमा समातिए पाँच जुवाडे, ८ लाख रूपैयाँ बरामद « Khabarhub

मोरङको केराबारीमा समातिए पाँच जुवाडे, ८ लाख रूपैयाँ बरामद


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको केराबारीबाट ८ लाख रूपैयाँसहित पाँच जुवाडे पक्राउ  परेका छन् ।

केराबारीमा सञ्चालित कालिज पालिएको एक फार्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा भट्टराईसहित धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री पक्राउ परेका छन् । यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै