नेकपा विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल  | Khabarhub Khabarhub

नेकपा विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल 


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टी भित्र देखिएको विवादका विषयमा जिम्मेवार व्यक्तिले स्पष्टरुपमा  धारणा राख्न सक्नुपर्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलमटारमा राखेको भनाइप्रति लक्षित गर्दै उनले पार्टी भित्रको विवादका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

आज आफू पक्षधर नेताहरुसँग खुमलटार भेलामा प्रचण्डले पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका थिए ।

सोही भनाइपछि नेता पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा पनि आफ्नो धारणा के हो ? स्पष्ट हुनुपर्ने बताए ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ४० बजे

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र