नेकपा विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल  « Khabarhub

नेकपा विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल 


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टी भित्र देखिएको विवादका विषयमा जिम्मेवार व्यक्तिले स्पष्टरुपमा  धारणा राख्न सक्नुपर्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलमटारमा राखेको भनाइप्रति लक्षित गर्दै उनले पार्टी भित्रको विवादका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

आज आफू पक्षधर नेताहरुसँग खुमलटार भेलामा प्रचण्डले पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका थिए ।

सोही भनाइपछि नेता पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा पनि आफ्नो धारणा के हो ? स्पष्ट हुनुपर्ने बताए ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ४० बजे

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक