चेन्नईसँग पराजित पञ्जाब ‘प्लेअफ’बाट बाहिरियाे « Khabarhub

चेन्नईसँग पराजित पञ्जाब ‘प्लेअफ’बाट बाहिरियाे


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।

पञ्जाबले दिएकाे १५४ रनकाे लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायाे । ​चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ६२, फाफ डु प्लेसीले ४८ र अम्बाती रायुडुले अविजित ३० रन बनाए ।

पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिए । हारसँगै पञ्जाबको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । चेन्नईको भने यसअघि नै प्लेअफ खेल्ने सम्भावना सकिएको थियो ।

यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाए ।

बलिङतर्फ लुङ्गी एन्गिडीले तीन विकेट लिँदा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए । चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०७ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र