चेन्नईसँग पराजित पञ्जाब ‘प्लेअफ’बाट बाहिरियाे « Khabarhub

चेन्नईसँग पराजित पञ्जाब ‘प्लेअफ’बाट बाहिरियाे


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।

पञ्जाबले दिएकाे १५४ रनकाे लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायाे । ​चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ६२, फाफ डु प्लेसीले ४८ र अम्बाती रायुडुले अविजित ३० रन बनाए ।

पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिए । हारसँगै पञ्जाबको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । चेन्नईको भने यसअघि नै प्लेअफ खेल्ने सम्भावना सकिएको थियो ।

यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाए ।

बलिङतर्फ लुङ्गी एन्गिडीले तीन विकेट लिँदा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए । चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ