पार्टी एकता रक्षाको निम्ति सबै इमान्दार बनौं : प्रवक्ता श्रेष्ठ « Khabarhub

पार्टी एकता रक्षाको निम्ति सबै इमान्दार बनौं : प्रवक्ता श्रेष्ठ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद समाधानका लागि सबैले एउटै कुरामा इमान्दार प्रतिबध्दता जनाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक सोचका साथ निष्कर्ष निकाल्नुपर्ने जनाएका हुन् ।

प्रवक्ता श्रेष्ठले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् भन्ने आग्रह गरेका छन् ।

पार्टी एकताको पक्षमा दृढतापूर्वक लाग्नुपर्ने बताउँदै प्रवक्ता श्रेष्ठले आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न समेत आग्रह गरेका छन् ।

उनले पार्टीको बैठक बसेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

व्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान नदिने बताउँदै देश,जनता ,श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक निष्कर्ष निकाल्नुपर्ने उनको धारणा छ ।

उनले फेसबुमा लेखेका छन्-

हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।

यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ ।

तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।

पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन।

तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन ।

ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौं।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०६ बजे

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि

‘महाशिवरात्रि’ धार्मिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पवित्र पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा