प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन ।

प्रधानमन्त्री ओली गोदावारी नगरपालिका–३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका हुन ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।

सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए ।

आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए ।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो ।

विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराए ।

निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनीयर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ ।

अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : ५८ बजे

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौं– सरोकारवालाहरुले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय

यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म

काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव

शेखरले सभापतिलाई सोधे– महाधिवेशन समयमै गर्न नसक्नुको कारण के हो ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल

काठमाडौं– देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा