राजस्थान आईपीएलबाट बाहिरियो, कोलकाता प्ले अफ नजिक | Khabarhub Khabarhub

राजस्थान आईपीएलबाट बाहिरियो, कोलकाता प्ले अफ नजिक


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजस्थान रोयल्स १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ ।

दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए । आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ ।

हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत प्ले अफको समीकरणमा महत्व राख्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ०२ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा