कोरोनाले ज्यान जानेको संख्या १२ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा युरोपमा धेरैको मृत्यु « Khabarhub

कोरोनाले ज्यान जानेको संख्या १२ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा युरोपमा धेरैको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ ।

मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६७ हजार ४९३ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै ५१ प्रतिशत संक्रमित अर्थात् २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ६८ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ३७ लाख ४८ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड १८ लाख ५० हजार ६०२ मध्ये १७ हजार २०५ को अवस्था गम्भीर छ ।

दोस्रो लहरको संक्रमण फैलने क्रम उच्च भएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ ।

कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् ।

अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ ।

पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला रहेनछन् । अरू क्षेत्र भने बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ

फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू कायम भएका छन् ।

बेलायतले पनि लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४६ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण