२६ फरार अभियुक्त तनहुँबाट पक्राउ | Khabarhub Khabarhub

२६ फरार अभियुक्त तनहुँबाट पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५०० जरिवना ठहर गरेको थियो ।

ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक/एक महिना कैद र रु एक हजार जरिवाना तोकिएका भानुनगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर पक्राउ परेका छन् ।

त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा रु सात लाख १६ हजार ६२० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ०७ बजे

पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका

म्याग्देमा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

तनहुँ – म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

बागलुङ – बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्ला – चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा

तीन वर्षमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

काठमाडौं – पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार