२६ फरार अभियुक्त तनहुँबाट पक्राउ « Khabarhub

२६ फरार अभियुक्त तनहुँबाट पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५०० जरिवना ठहर गरेको थियो ।

ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक/एक महिना कैद र रु एक हजार जरिवाना तोकिएका भानुनगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर पक्राउ परेका छन् ।

त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा रु सात लाख १६ हजार ६२० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ०७ बजे

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका