नेकपाको एकता जोगाउन दोस्रो तहका नेता सक्रिय « Khabarhub

नेकपाको एकता जोगाउन दोस्रो तहका नेता सक्रिय


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवाद अन्त्य भएको ठानिएको डेढ महिना नबित्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता फेरि धरमराएको छ । पार्टी फुटको संघारमा पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्केको मतभेद पार्टी फुटकै तहमा पुग्न लागेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकता जोगाउने प्रयासमा भन्दै दौडधुप तीव्र पारेका छन् ।

पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल, योगेश भट्टराई, घनश्याम भुसाल लगायत अध्यक्षद्वयबीच सहमति बनाउन लागि परेका छन् ।

दुवै पक्षका यी नेताहरूले नेतृत्वलाई खबरदारी गर्दै आन्तरिक एवं बहुपक्षीय छलफल तीव्र पारेका हुन् । अध्यक्षद्वय ओली र दाहाल पनि आफू निकटका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् ।

पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटपछि नेकपाको विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीका पछिल्ला गतिविधिबाट असन्तुष्ट दाहालले खुमलटारमा छुट्टै भेला गरेपछि ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।

सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरूसँग खुमलटारमा छलफल गरेका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले टेलिफोन गरेरै चेतावनी दिएको भनेर सुनाएका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयवस्तुबारे जानकारी दिन दाहालले आइतबार वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

दाहालले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको विषय बाहिरिएसँगै नेकपा विभाजन संघारमा पुगेको ठानिएको छ ।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चासमेत खुमलटारको भेलामा भएको एक नेताले बताएका छन् ।

महासचिव विष्णु पौडेलले आइतबार नै सामाजिक सञ्जालमार्फत पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको बताएका थिए । महासचिवको यस्तो अभिव्यक्तिलाई पार्टीमा विवादको चरम सीमा मानिएको छ ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्‍याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय विपरीत शीर्ष नेताहरू फेरि आरोप—प्रत्यारोप, विवाद र गुटगत भेलामा लागेका छन् ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ४३ बजे

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ नेपाल

काठमाडौं-बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह