चितवनमा तीनसहित थप छ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

चितवनमा तीनसहित थप छ संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन, मोरङ र सिन्धुलीमा थप छ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चितवनमा तीन, मोरङमा दुई र सिन्धुलीमा एक संक्रमितको मृत्यु भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई र  चितवन मेडिकल कलेजमा एक गरी तीन संक्रमितको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका- ३ की ६१ वर्षीया महिलाको आजै बिहान २:५५ बजे मृत्यु भएको पौडेलले बताए ।ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै नवलपुरको देवचुली नगरपालिका-११ निवासी ८० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको छ ।

कात्तिक १२ गते चितवनस्थित भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो । आईसीयू राखिएका उनको आइतबार राती १०:४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप दुई संक्रमितको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार साँझ मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको मृत्यु भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममै आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

यस्तै सिन्धुलीमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो।

सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ०२ बजे

रुद्राक्ष व्यवसायबाट राम्रो आम्दानी

सुनसरी– धरान उपमहानगरपालिका– १४ का सन्तोष लामिछानेले रुद्राक्षको व्यवसायबाट राम्रो

मकैमा फौजी कीराको समस्या, किसान चिन्तित

भोजपुर– मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

यसरी पुनर्निर्माण हुँदैछ लिच्छविकालीन ‘इखा पुखु’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १७, १८ र २५ को

एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि, प्रधानमन्त्रीले उद्‌घाटन गर्ने

काठमाडौं– नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आज सुरु