भारतीय कलाकार काजल अग्रवालले व्यवसायी गौतम किचुलुसँग बिहे गरिन् । उनको बिहेले बलिउडमा चर्चा कमाएको छ ।
यसैबीच काजलले गौतमसँगको इङ्गेजमेन्टका तस्वीरहरु शेयर गरेकी छिन् । कोरोना भाइरसका महामारीका कारण तस्वीरमा काजल र गौतमले मास्क लगाएका छन् । मास्क पनि पोशाक अनुसार सुहाउँदो गरी डिजाइन गरिएको छ ।
इङ्गेजमेन्टका तस्वीरमा काजलले पहेँलो साडी लगाएकी छिन् भने गौतमले क्रिम रंगको कुर्ता लगाएका छन् ।
काजलले इन्स्टाग्राम पोस्टमा डिजाइनर मनिष मल्होत्रालाई धन्यवाद व्यक्त गरेकी छिन् ।
काजलले शनिवार आफ्नो बिहेका तस्वीरहरु फ्यानहरुमाझ शेयर गरेकी थिइन् । साथै उनले सामाजिक सञ्जालबाटै आफूले बिहे गरेको पनि जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया