प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने | Khabarhub Khabarhub

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि उनहरुको नाम समितिसमक्ष पठाएको थियो ।

समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् । उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्तालाई बोलाएको थियो ।

प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् । समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।

प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो/होइन ठहर्‍याइ समितिले आवश्यक निर्णय लिनेछ । प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट उनीहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : २९ बजे

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली