नेता भट्टराईको प्रश्न : नेकपाका नेताहरु ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ? « Khabarhub

नेता भट्टराईको प्रश्न : नेकपाका नेताहरु ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ?


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादलाई लिएर कडा टिप्पणी गरेका छन् ।

उनले  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको बताउँदै नेकपाका नेता कार्यकर्तालाई बेलैमा समाजवादी बाटो बनाउनेतर्फ लाग्न सचेत गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने?’

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ०६ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर