धर्मशास्त्र : सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे ? « Khabarhub

धर्मशास्त्र : सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे ?


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ ।

विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् ।

विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं ।

दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ ।

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

मनुस्मृतिमा लेखिएअनुसार सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन ।

जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो ।

कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ : आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र । कोहीकोही चाहिँ मावलको हजुरआमाको गोत्रमा पनि विवाह गर्नु हुँदैन भन्छन् ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ । केही नयाँपन हुन्न तिनीहरूको ।

महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ५० बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने