नेपालको सबैभन्दा ठूलो सेल ‘दराज ११/११’ | Khabarhub Khabarhub

नेपालको सबैभन्दा ठूलो सेल ‘दराज ११/११’


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार दराज आफ्नो वार्षिक ११/११ सेल यस नोभेम्बर ११, (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ।

अलीबाबाको ११/११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११/११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउण्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्यमार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्राण्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन्।

यसपालि को ११/११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (रु.३००० सम्मको) छुट पाउनेछन। यसको लागि नबिल बैंक, एनआईसी एशिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले सेवा लिन सक्नेछन् ।

यस छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ्ग गर्न मिल्ने हुनुपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

११/११ मा ग्राहकहरुले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउनेछन।

दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड वीनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कारसहित रु. १५००० जित्न सक्नेछन। साथै, ग्राहकहरूले ११/११ मा शपिङ्ग गर्दा ८ लाख बराबरको नयाँ टिभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन।

११/११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसैले नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ।

साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सर–सफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा, २०२० को दाराज ११/११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सब भन्दा ठूलो अनलाइन सेल हुने भएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ५३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक