सांसद केसीको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सांसद केसीको निधनप्रति दुःख व्यक्त


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विशिष्ट समाजसेवीको समेत पहिचान बनाएका केसीको गए राति पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति देउवाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको बताएका छन् ।

सभापति देउवाले दुःखको यस घडीमा मृतक केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सांसद एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केसीको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गरेका छन् ।

निष्ठा, लगन र अनवरत कर्मले केसीको व्यक्तित्व अग्लिएको उल्लेख गर्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उनको साथ र सहयोग रहेको बताएका छन् । नेता पौडेलले स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केसीको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै शोकको यस घडीमा केसी परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : १० बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३