सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द | Khabarhub Khabarhub

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि केसीको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ ।

विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित केसीले पोखराको विकासमा पुर्‍याएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १० : ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ३० बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक