विश्वको एउटा यस्तो देश‌, जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू छन् « Khabarhub

विश्वको एउटा यस्तो देश‌, जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू छन्


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नेपाल र भारतमा हिन्दू धर्मका लाखौं अनुयायी छन् । विश्वभरमा हिन्दू धर्मका एक अरब भन्दा धेरै अनुयायीहरू छन् । यो भनेको विश्व जनसङ्ख्याको करीब १५% हो ।

हिन्दू धर्म मान्नेमध्ये अधिकांश दक्षिण एसियामा (करीब ९८%) रहेका छन् । विश्वमा हेर्ने हो भने इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मसँगै हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो ।

कैयन् देशमा हिन्दूको संख्या निकै न्यून रुपमा छ । तर, विश्वमा हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश नेपाल, भारत र मौरिसस हुन् ।

पूर्वी अफ्रिकामा पर्ने मौरिसस क्षेत्रफलका हिसाबले सानो देश हो । नेपालमा राष्ट्रिय जनसंख्याको ८१ प्रतिशत अथवा २ करोड ३० लाख हिन्दू जनसंख्या छ भने भारतमा राष्ट्रिय जनसंख्याको ८० प्रतिशत अथवा १ अर्ब ३ करोड जति हिन्दू धर्मावलम्बी छन् ।

साथै मौरिससमा राष्ट्रिय जनसंख्याको ५२ प्रतिशत अथवा करीब ६ लाख हिन्दू धर्मावलम्बीहरू छन् ।

अर्को छिमेकी देश बंगलादेशमा करीब १ करोड ४५ लाख जति हिन्दू छन् भने इन्डोनेसियामा करीब ४२ लाख हिन्दूहरू रहेका छन् ।

पाकिस्तानमा ३६ लाख, श्रीलंकामा २५ लाख, अमेरिकामा २२ लाख, अलेसियामा १९ लाख, म्यान्मारमा ९ लाख, बेलायतमा ८ लाख हिन्दूहरू छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ०० बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा