कतारमा उत्कृष्ट काम गर्ने तीन नेपालीलाई १५ हजार कतारी रियालसहित सम्मान « Khabarhub

कतारमा उत्कृष्ट काम गर्ने तीन नेपालीलाई १५ हजार कतारी रियालसहित सम्मान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने तीन नेपाली श्रमिकलाई सम्मान गरेको छ ।

१० वर्ष लामो सेवामा उत्कृष्ट कार्य गरेको भन्दै कम्पनीले बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदलाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरेको हो ।

श्रमिकहरुलाई सम्मान गर्दै कम्पनीका मालिक नासर अली अल अलीले भने  “मलाई गर्व लाग्छ १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍यायो। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिवद्धतालाई जारी राख्नेछन्। ”

सम्मानित हुने तीनै जना नेपालीहरु २०१० मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत छन्।

आफूले सम्मान स्वरुप पाएको पुरस्कार पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने नेपाली श्रमिक राईले बताए । अर्का कामदार मोहम्मदले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा मानेका छन् । सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए।

‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर कम्पनीमा बसिरहु जस्तो लागेको छ ।   १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ  । एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो लागि ठूलो उपलब्धि पनि हो,’ सम्मानित भएका पुरीले भने।

१० जना कामदारलाई सुनको सिक्का

त्यसैगरी कम्पनीले अन्य १० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् ।

कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का प्रदान गरेका हुन् ।

कम्पनीले समय-समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २३ बजे

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य