थप २ फुटबलरमा कोरोना संक्रमण « Khabarhub

थप २ फुटबलरमा कोरोना संक्रमण


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय फुटबल टोलीका थप दुई जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको अभ्यासमा रहेका दुई जना खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अभ्यासमा रहेका ३४ जना खेलाडीमध्ये अहिलेसम्म ७ जना खेलाडीलाई कोरोना संक्रमण देखिसकेको छ । यसअघि ५ जनामा देखिएको थियो । मंगलबार राति थप दुई जनामा देखिएपछि संक्रमितको संख्या बढेको हो।

बुधबार राष्ट्रिय टोलीको घोषणा हुने बताइएको छ। तर, राष्ट्रिय टोलीका नियमित खेलाडीहरुलाई नै संक्रमण देखिएपछि टोली व्यवस्थापन चिन्तामा छ ।

यस्तै टोलीसँग बंगलादेश जाने दुई खेल पत्रकारमा पनि कोरोना संक्रमण देखिएको एन्फाले बताएको छ। नेपालले कार्तिक २८ र मंसिर २ मा गरि दुई खेल खेल्दैछ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : ५५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल