थप २ फुटबलरमा कोरोना संक्रमण « Khabarhub

थप २ फुटबलरमा कोरोना संक्रमण


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय फुटबल टोलीका थप दुई जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको अभ्यासमा रहेका दुई जना खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अभ्यासमा रहेका ३४ जना खेलाडीमध्ये अहिलेसम्म ७ जना खेलाडीलाई कोरोना संक्रमण देखिसकेको छ । यसअघि ५ जनामा देखिएको थियो । मंगलबार राति थप दुई जनामा देखिएपछि संक्रमितको संख्या बढेको हो।

बुधबार राष्ट्रिय टोलीको घोषणा हुने बताइएको छ। तर, राष्ट्रिय टोलीका नियमित खेलाडीहरुलाई नै संक्रमण देखिएपछि टोली व्यवस्थापन चिन्तामा छ ।

यस्तै टोलीसँग बंगलादेश जाने दुई खेल पत्रकारमा पनि कोरोना संक्रमण देखिएको एन्फाले बताएको छ। नेपालले कार्तिक २८ र मंसिर २ मा गरि दुई खेल खेल्दैछ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : ५५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट