पोखराको पचभैया कोट देउरालीमा बसेका थिए पाँच पाण्डव, देवीको शक्ति प्राप्त गरेको विश्वास « Khabarhub

पोखराको पचभैया कोट देउरालीमा बसेका थिए पाँच पाण्डव, देवीको शक्ति प्राप्त गरेको विश्वास


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पाँच पाण्डवले गुप्तवासका क्रममा रात विताएको र देवीको शक्ति प्राप्त गरेको स्थानको रुपमा पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउरालीलाई लिने गरिएको छ ।

युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ ।

आजभन्दा दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढङ्गाको शिला मात्र रहेकोमा स्थानीय जागरुकतासँगै यसलाई संरक्षण गरेर मन्दिर निर्माण गरिएको छ । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।

पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीननाथ ढकालका अनुसार मन्दिरको निर्माणका लागि लागि २०६० सालमा महायज्ञ गरी सहयोग जुटाइएको थियो ।

महायज्ञबाट सङ्कलित सहयोगबाट झण्डै रु ५० लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरमा मन्दिरसहित हवन कुण्ड, पुजारी आवास र कार्यालय रहेका छन् । मन्दिरमा परेवाका लागि पनि बस्ने स्थान बनाइएको छ । मन्दिरभित्र अन्य कुनै मूर्ति नरही प्राचीनकालदेखि रहँदै आएको शिला राखिएको छ ।

प्रचलित विश्वासअनुसार पञ्चपाण्डव एक वर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएका थिए । एक रात बस्ने क्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पत्ति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।
पूर्वअध्यक्ष ढकालका अनुसार युधिष्ठिरसहितका पाँच भाइ बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंस हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।

हिमालको काखमा रहेको यस स्थानमा दुईतर्फ ठूला ठूला जलाशय(बेगनास ताल र रुपा ताल) रहेको र अत्यन्त रमणीय एवं शान्तस्थल भएकाले युधिष्ठिरको रोजाइ पचभैया पर्न गएको विश्वास गरिन्छ । बेगनास तालदेखि करीब डेढ किलोमिटर दूरीमा पर्ने यस मन्दिर परिसरबाट रमणीय हिमाली दृश्यका साथै तालतलैयाका कारण यहाँ आउने जो कोही रमाउने गरेका छन् ।

यहाँ पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वसचिव नरनारायण थापाले जानकारी दिए । मन्दिरमा बडादशैँ, चैतेदशैँमा विशेष पूजा हुन्छ भने अन्य विभिन्न धार्मिक अनुष्ठान गर्ने गरिएको छ । करीब एक रोपनी क्षेत्रफलमा मन्दिर रहेको र अर्को थप एक रोपनी जग्गा रहेको थापाले बताए ।

नेपालकै पहिलो खुला चिडियाखानासमेत निर्माण हुन लागेको पचभैयाको पर्यटनमा पचभैया कोट देउरालीसमेतलाई समेटेर विकास गर्न सकिने पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : २६ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन