पाकिस्तानी जासुसीको आशंकामा कश्मीरमा परेवा पक्राउ « Khabarhub

पाकिस्तानी जासुसीको आशंकामा कश्मीरमा परेवा पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको कश्मीरमा भेटिएको एक परेवा पाकिस्तानी जासुस हुनसक्ने आशंकामा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

कश्मीरको कटुवा जिल्लास्थित गीतादेवीको घरमा भेटिएको परेवा प्रहरीलाई जिम्मा लगाइएको हो ।

उक्त परेवा मे २४ मा गीतादेवीको घरमा पसेको थियो । परेवाको खुट्टामा रातो रंग पोतिएको छ भने नम्बर लेखिएको एउटा रिङ पनि लगाइएको छ ।

कटुवा प्रहरीका सिनियर सुपरिटेन्डेन्ट शैलेन्द्र कुमार मिश्रले स्थानीयले यो परेवालाई कब्जामा लिएर प्रहरीलाई बुझाएको र यसबारेमा अनुसन्धान भइरहेको बताए ।

द टेलिग्रामसँगको कुराकानीमा उनले परेवालाई हिरासतमा राख्ने बताए ।

यसअघि पनि अर्को एक परेवालाई जासुसका आधारमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । पछि उक्त परेवाको एक्सरे गर्दा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ३७ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत