महाभारतकी द्रौपदीले पाँच पति कसरी पाइन् ? | Khabarhub Khabarhub

महाभारतकी द्रौपदीले पाँच पति कसरी पाइन् ?


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतकी अमर पात्र द्रौपदीका पाँच पति थिए । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीका भने पाँच पति थिए । जसकारण उनी विवादमा पनि तानिइन् ।

शुरुमा द्रौपदीले अर्जुनसँग मात्र विवाह गरे पनि उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग पनि भयो ।

अर्जुनले वनवासमा रहँदा ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । त्यतिबेला प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् ।

तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने प्रस्ताव अघि ल्याए । साथै उनले राजकुमारी द्रौपदी सबै पाण्डव भाइकी हुनुपर्ने पनि भने ।

तर द्रौपदीले बहुपतिमा आपत्ति उठाइन् । यता वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर उनलाई मनाए । उनले पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण पाँच पति पाउने रहस्य रहेको भन्दै सम्झाए ।

पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणीग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरा भए ।

हुन त पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई महारानी मान्थे ।

द्रौपदी कर्णप्रति पनि आसक्त थिइन् भन्ने गरिन्छ । कर्णले पनि द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजेका थिए । अर्कातिर महाभारतलाई गहिरो अध्ययन गर्नेहरू द्रौपदीले कृष्णलाई मन पराउने गर्थिन् पनि भन्ने गर्छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ३२ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपिएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३