ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ « Khabarhub

ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मतगणना जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

‘हामी चुनाव जित्ने तयारी छौँ,’ ट्रम्पले सम्बोधनका क्रममा भनेका छन्, ‘वास्तवमा भन्दा हामीले जितिसकेका छौँ।’

उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन्।

उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ।’

तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्।

पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको उनको दाबी छ ।

एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन् । ती राज्यमा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन्।

तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनु पर्ने आशयको वक्तव्य दिएका छन् । उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।

अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत प्राप्त गर्नु पर्छ। अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन्।

फोब्स न्यूजका अनुसार पछिल्लो परिणाम अनुसार बाइडेनले २३८ तथा ट्रम्पले २१३ स्थानमा जित दर्ता गरेका छन् ।

चुनावमा विजयी हुने सम्भावना दुवै उम्मेदवारको रहेको छ । तर ट्रम्पले औपचारिक सम्बोधनमा आफू विजयी भएको घोषणा गरी पराजित भएमा सर्वोच्च अदालत जाने बताएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ४७ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय