मैले राजीनामा दिनु भनेको देश बरवाद हुनु हो : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

मैले राजीनामा दिनु भनेको देश बरवाद हुनु हो : प्रधानमन्त्री ओली


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

उनले आफूले राजीनामा दिए देश बर्बादीतिर जाने समेत दावी गरेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरलेभन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।

‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेकथरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहौं,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : ४६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा