फिदिममा १४ जना सङ्क्रमित थपिए, चार जना निको « Khabarhub

फिदिममा १४ जना सङ्क्रमित थपिए, चार जना निको


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो ।

फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।

आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत सङ्क्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।

मङ्गलबार मात्रै मिक्लाजुङका एक जनामा सङ्क्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा सङ्क्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना