सुर्खेतमा ७ जुवाडे पक्राउ « Khabarhub

सुर्खेतमा ७ जुवाडे पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेको वीरेन्द्रनगरमा प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–७, स्थित निर्मला शाहीको घरबाट ५६ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा घर धनी ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, वडा नम्बर–८, का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर–९, का २५ वर्षीय प्रवेश गुरुङ रहेका छन् ।

त्यस्तै वडा नम्बर–३, का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर–६, का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको छ । थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना