मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश जाने राष्ट्रिय टोलीको बिदाइ « Khabarhub

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश जाने राष्ट्रिय टोलीको बिदाइ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको आज (बुधबार) बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे ।

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बिहिबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

नेपाली टोली बंगलादेशमा एक साता क्‍वारिन्टिनमा बस्‍नेछ । एक साताको क्वारिन्टिन बसाइँपछि खेलाडीको पुनः केरोना परीक्षण गरिने छ ।

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गतेका लागि तय भएको छ ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ ।

चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेश जाने २५ खेलाडी

अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३० बजे

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल

झापामा हुरी र वर्षाले केराखेती नष्ट

सुरुङ्गा– गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती

‘दक्षिणा आउने भरमा उधारो खाएजस्तै स्रोतविहीन बजेट ल्याइयो’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले महत्वकांक्षी बजेटले जनतामा निराशा

शिक्षा मन्त्रालयको पहलपछि त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख बढी फिर्ता

काठमाडौं–  शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले सार्वजनिक स्रोतको संरक्षण, सुशासन र

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा