हुम्ला कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु « Khabarhub

हुम्ला कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालयमा बुधबारदेखि पठनपाठन शुरु भएको छ ।

कोरोना महामारीको जोखिम भए पनि सामाजिक दूरी कायम गरी आजबाट विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो ।

पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन् । ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् ।

मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए ।

रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताइन ।

कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताइन ।

यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीक्षा सञ्चालन भएको हो । परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी  सामेल भएका थिए ।

हुम्ला संक्रमणमुक्त

हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त भएको छ ।

सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन ।

हुम्लामा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ४९ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग