भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मनार्थ महाराथीबाट सम्मान गरिदै | Khabarhub Khabarhub

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मनार्थ महाराथीबाट सम्मान गरिदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिदैछ ।

अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई नेपाली सेनाको मनार्थ महारथीको पदवीबाट सम्मान गर्नेछिन् ।

मनार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनी आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उनले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

नरवणे आज राति प्रधानसेनापति थापाले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सरिक हुनेछन् ।

थापाको औपचारिक निमन्त्रणमा नरवणे बुधबार नेपाल भ्रमणमा आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : २१ बजे

चीनले लगायो अमेरिकाविरुद्ध प्रतिरोधात्मक भन्सार दर

एजेन्सी – चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार

नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाल

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दो

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन– भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखा परेको ‘ट्रोपिलाप्सिस माइट’