आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने « Khabarhub

आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । लिगका १४ मध्ये पाँच खेलमा मात्रै पराजय बेहोरेको मुम्बई उत्कृष्ट लयमा छ ।

१६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा जित र ६ खेल हारेको दिल्ली समूह चरणको अन्तिम खेलमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।

समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो । पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो म्याचमा दिल्लीलाई नौ विकेटले हराएकाले मुम्बई नै खेल हाबी हुने विश्लेषण गरिएको छ ।

विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ ।

इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच उपाधिका लागि आगामी सोमबार दुबईमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ५५ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै