होटलबाट तीन युवतीसहित सात पक्राउ « Khabarhub

होटलबाट तीन युवतीसहित सात पक्राउ


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो ।

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले आज उनीहरुलाई रु ५२ हजार ३९५ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाशकुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् ।

पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीडित भजनी नगरपालिका–५ का दीर्घबहादुर कामी रहेका छन् । कामी तीन वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ५५ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको