साउदीमा थप २७ नेपालीलाई बहिर्गमन भिसा « Khabarhub

साउदीमा थप २७ नेपालीलाई बहिर्गमन भिसा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप २७ जना नेपालीले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २७ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार २१७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : २० बजे

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१