सरकारविरुद्ध भइरहेको ‘अविश्वासको चलखेल’ सामना गर्छु : प्रधानमन्त्री ओली « Khabarhub

सरकारविरुद्ध भइरहेको ‘अविश्वासको चलखेल’ सामना गर्छु : प्रधानमन्त्री ओली


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको जारी विवादबारे ब्रिफिङ गरेका छन् ।

उनले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् ।

कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएका उनले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा प्रधानमन्त्रीले पार्टीभित्र विभिन्न ठाउँमा चलखेल भइरहेको बताएका हुन् ।

एक मन्त्रीकाअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले पार्टीभित्र जारी विवादतर्फ संकेत गर्दै मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए ।

‘पार्टीमा गुटबन्दी चलिरहेको छ । सरकारलाई असहयोग गर्ने कुरा भइरहेका छन् । कोटेश्वरमा अहिले पनि विभिन्न गतिविधि भइरहेका छन् भन्नुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले बैठकको सुरुमै विश्वास, अविश्वासका कुरा चल्दैछन् त्यसको सामना गरिनेछ, कोटेश्वरमा बनिरहेका योजना असफल हुन्छन् भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पेरिसडाडामा कानून व्यवसायीहरुसँग गरेको छलफलप्रति संकेत गर्दै कोटेश्वरको योजना असफल बनाइने बताएको ती मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले यसअघि पनि पार्टीमा विवाद उत्पन्न हुँदा मन्त्रीहरूलाई आफ्नो कित्तामा बस्ने कि पार्टीमा आफ्नो विपक्षमा उभिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिने भनेका थिए ।

पछिल्लो समय नेकपामा कर्णाली प्रदेशको विवादसँगै स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको, मन्त्रिपरिषद् विस्तारबारे पार्टी कमिटीमा छलफल नगरेको, राजदूत सिफारिसबारे पार्टीसँग सल्लाह नगरेको लगायतका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग दाहाल-नेपाल पक्ष असन्तुष्ट बनेका छन् ।

यो पनि पढौं

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस्

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ५९ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ