नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक | Khabarhub Khabarhub

नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘आज सचिवालयको अनौपचारिक बैठक हो । दिउँसो ३ बजे धुम्बाराहीमा छलफल हुनेछ । समग्रमा पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी हुनेछ ।’

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।

नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई पनि अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका छन् ।

भेटका क्रममा प्रचण्डले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ४९ बजे

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गण्डकी– नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन

पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको

सेती नदी जलविद्युत् आयोजनाबाट राम्रो उत्पादन

काठमाडौं– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा

पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण

काठमाडौं- पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल