२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म « Khabarhub

२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ २४ घण्टा नपुग्दै युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लेको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ६० हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।

‘आजसम्म यति राम्रो फिल्म मैले हेरेको नै थिएन, मन सम्हाल्नै सकिन र धेरै बेर रोएँ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया छाडेका छन् ।

फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।

युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

यो समाचार तयार पार्दासम्म युट्युबमा ७ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाखले लाइक गरेका छन् । त्यस्तै ४ हजार बढीले डिसलाइक गरेका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ०६ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु